खाेज्नुहाेस

डोटीको सीताराम विद्यालयको पूर्व विद्यार्थी समाज गठन, अध्यक्षमा कठायत

Image

कैलाली – डोटी जिल्लाको पुरानो शैक्षिक संस्था शिखर –९ मा रहेको सीताराम माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको पूर्व विद्यार्थी समाजको अध्यक्षमा लाल बहादुर कठायत चयन भएका छन् ।

navjiwan hospital

समाजको शनिवार बसेको प्रथम साधारण सभाबाट तदर्थ समितिका अध्यक्ष कठायत अध्यक्षमा दोहरिएका हुन । कठायत विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन । यस्तै वरिष्ठ उपाध्यक्ष भीम बहादुर बलायर, उपाध्यक्षमा कृष्ण बोहरा, सचिवमा जयराज ओझा, कोषाध्यक्षमा वीर बहादुर कुँवर चयन भएका छन् ।

attariya hospital

विद्यालयका पूर्व प्रधानाध्यापक लोकराज पन्तको प्रमुख अतिथित्यामा भएको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पन्त लगायत विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सीताराम विद्यालय २०१७ सालमा स्थापना भएको हो । उक्त विद्यालयमा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले सचिव लेखराज भट्ट, काँग्रेस नेता वीर बहादुर बलायरले समेत अध्ययन गरेका थिए ।