खाेज्नुहाेस

जानकीको अरुणोदय माविका विद्यार्थीलाई ३३ जोर न्यानो पोशाक वितरण

Image

कैलाली – जानकी गाउँपालिका–९, खैरिफाँटा स्थित अरुणोदय माध्यमिक विद्यालयका ३३ जना बिपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयका संस्थापक प्रधानाध्यापक गगनसिंह थापाको स्मृतिमा न्यानो पोशाक वितरण गरिएको छ। संस्थापक थापाका नाति सुहिम थापाले क्यानडाबाट उक्त सहयोग उपलब्ध गराएका हुन्।

navjiwan hospital

आज आयोजित विशेष कार्यक्रममा पोशाकहरू विद्यालयको छनोट र सिफारिसमा विद्यालयका जेठा हजुरबुबा शेरबहादुर थापाले हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक कपिलराज भाट, शिक्षक इन्द्रबहादुर थापा, रुपा भण्डारी, पूर्वविद्यार्थी झपट बि.क., शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो।

attariya hospital

बि.सं. २०२९ मा अछामबाट खैरिफाँटा आएर स्व. गगनसिंह थापाले स्थानीय अभिभावकको अनुरोधमा विद्यालय स्थापना गरेका थिए। उनी साहित्यकार समेत रहेका थापाका कर्णालीका छेउछाउ, पुर्खाको चिठी, महाप्रलय, अस्ताचलको ढोकाबाट लगायतका नौवटा कृतिहरू प्रकाशित छन्।