दार्चुला – किम्तडीस्थित ठड्याकाठा अवरुद्ध महाकाली लोकमार्ग सुचारु भएको छ । ६ दिनदेखि अवरुद्ध लोकमार्ग शनिबार साँझदेखि सञ्चालनमा आएको हो । लोकमार्ग ठड्याकाठा भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने क्रममा अवरुद्ध भएको थियो ।

दिनरात कटिङ् गरेर छैटौं दिन उक्त क्षेत्रमा साना÷ठूला गाडी पास हुने गरी सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । किम्तडी र खलंगामा रोकिएका सवारी साधन शनिबार साँझदेखि आवतजावत सुरु भएको छ ।

पुस १५ देखि जिल्लाको मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रुहरू किम्तडीका अप्ठ्यारो भीर चढेर पैदल हिँड्न बाध्य भएका थिए ।