खाेज्नुहाेस

अत्तरियामा डीडीसीका लागि १२ वर्ष अघि नै खोजिएको थियो जग्गा

Image

अत्तरिया – कैलालीको अत्तरियामा स्थापना गरिएको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्ने प्रक्रिया अघि बढेपछि अहिले यो विषय चर्चामा छ । पछिल्लो समय डीडीसी धनगढी सार्न नहुने भन्दै गोदावरी नगरपालिकाका प्रमुख नै जग्गा खोजीमा जुटेका छन् । हाल अत्तरियाको कृषि उपज थोक बजार भित्र भाडामा सञ्चालनमा रहेको डीडीसीको दुग्ध प्रशोधन कारखानाको स्थायित्व र विस्तारका लागि सार्न लागिएको भनिएपछि यसै क्षेत्रमा जग्गा खोजीको लागि नगरपालिका जुटेको छ । जसका लागि पुस १६ गते नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा बसेको बैठकले गोदावरी नगरपालिका – १ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको अध्यक्षतामा कार्यदल गठन गरेको छ ।

कार्यदलले हाल डीडीसी रहेको क्षेत्रमै जग्गा खोज्ने गरी गृहकार्य गरिरहँदा कृषि उपज थोक बजार समितिले १२ वर्ष अघि नै डीडीसीका लागि खोजी गरेको जग्गा अतिक्रमणमा परेको पाइएको छ । कृषि उपज थोक बजार समितिले हाल गोदावरी नगरपालिका वडा नम्बर १ को कार्यालय रहेको क्षेत्रको जग्गा डीडीसीलाई उपलब्ध गराउने गरी १२ वर्ष अघि नै प्रक्रिया अगाडि बढाएको थियो । कृषि उपज थोक बजारका अध्यक्ष नन्द लाल भट्टले २०६९ सालमै डीडीसीलाई जग्गा उपलब्ध गर्न जग्गा खोजी गरी फाइल अगाडि बढाइएको बताए ।

add everest academy
attariya hospital

‘चाहना सामुदायिक वनबाट जग्गा उपलब्ध गराउनको लागि प्रक्रिया अगाडि बढेको थियो । त्यसका लागि छपानको काम पनि भएको थियो’ उनले भने ‘तर, पुन नाप नक्सा गर्ने भनेर फाइल फिर्ता आएपछि काम रोकियो । उक्त फाइल अहिले वन कार्यालय अत्तरियामा थन्किएको छ ।’ उनले जग्गाको इआईआई भएर राष्ट्रिय प्राथमिकतामा समेत परिसकेको बताए । तर, उक्त जग्गामा हाल वडा कार्यालय देखि लिएर करिब आधा दर्जन सरकारी कार्यालय निर्माण भइसकेका छन् भने १६ कट्ठा जग्गामा भने निजी संरचना बनेका छन् ।

navjiwan hospital

अत्तरियामा हाल स्थापना गरिएको कृषि हाट बजार सँगै कोल्ड स्टोर, दुग्ध प्रशोधन संस्थान, पशु नमुना सेवा केन्द्र, कृषि नमुना सेवा केन्द्रका लागि जग्गाको फाइल तयार परिए पनि त्यो हाल अलपत्र अवस्थामा छ भने जग्गा अतिक्रमण भइसकेको छ । अत्तरियामा कृषि बजार निर्माण गर्न २०६० मंसिर १५ गते जिल्ला कृषि विकास समितिका अध्यक्ष छेदलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले ५ सदस्यीय समिति बनाएको थियो । उक्त समितिले तत्कालीन गेटा गाविस ३ अत्तरियाको राजमार्ग छेउको जग्गा छनोट गरेको थियो ।

attariya technical collage

त्यसपछि २०६२ असार २१ गते नवलपरासीको दामनको कृषि तथा सहकारी मन्त्रालयको जग्गा वन मन्त्रालयलाई दिएर अत्तरियामा २.४७ हेक्टर जग्गा कृषि तथा सहकारी मन्त्रालयमा भोगाधिकार रहने निर्णय गरेर कृषि बजार सङ्कलन केन्द्र निर्माणको लागि सट्टापट्टा गरेर उपलब्ध गराइएको थियो । जसमध्ये हाल कृषि उपज थोक बजार रहेको जग्गा मात्रै चलन भोगमा रहेको छ भने अन्य जग्गा अतिक्रमणमा परेको छ ।

हाल भाडामा रहेको डीडीसीको लागि जग्गा खोज्न पुनः चेतना सामुदायिक वन भित्र जग्गा खोज्ने प्रक्रिया अगाडि बढाइएको छ । कृषि उपज थोक बजारका अध्यक्ष भट्टले पुरानै कागजातले पनि डीडीसीलाई जग्गा आवश्यक परेको पुष्टि गर्ने भएकाले सोही आधारमा नयाँ ठाउँमा जग्गा खोज्न सहज हुने भए पनि पुरानो जग्गा फिर्ता लिन सम्भव नभएको बताए ।

सम्बन्धीत समाचार

अत्तरियामा डीडीसीका लागि जग्गा खोज्न कार्यदल गठन

अत्तरियाको डीडीसी धनगढी सार्ने तयारी, स्थानीयको चर्को बिरोध