खाेज्नुहाेस

अत्तरियाको डीडीसी धनगढी सार्ने तयारी, स्थानीयको चर्को बिरोध

Image

अत्तरिया – कैलालीको अत्तरियमा २०६७ मा स्थापना भएको दुग्ध प्रशोधन कारखाना धनगढी सार्ने तयारी गरिएको छ । दुग्ध विकास संस्थान (डिडिसी) मार्फत सञ्चालित कार्यालय र कारखाना स्थानिय सँग कुनै छलफल नै नगरी धनगढीमा सार्ने तयारी गरिएको हो । कार्यालय धनगढीमा सार्ने तयारी गरेको सुनेपछि सोमबार स्थानीय र विभिन्न राजनीतिक दलका प्रतिनिधि दुग्ध विकास संस्थानको कार्यालय अत्तरियामा पुगेर थिए ।

आयोजनाका प्रमुख निरन्जन भट्टराइले दुग्ध प्रसोधन कारखानको स्थायीत्व र विस्तारका लागि जग्गाको खोजी गर्दा धनगढीमा पाइएपछि सार्ने तयारी गरिएको बताए । उनले अत्तरियामा ठाउँ कम भएका कारण सार्नुपर्ने बाद्यता रहेको बताए । यस क्षेत्रमा जग्गा खोजीका लागि पहल गर्दा नगरपालिकाले खासै चासो नदिएपछि छिमेकका पालिकामा जग्गाको खोजीका लागि गएको उनको भनाइ छ ।

add everest academy
attariya hospital

‘यसै क्षेत्रमा जग्गाको खोजीका लागि गोदावरी नगरपालिकाका प्रमुख सँग २/३ पटक भेटेर कुरा राखेको थिए । नगरपालिकामा पत्राचार पनि गरेको थिए’ उनले भने ‘नगरपालिकाले २/३ ठाउँमा जग्गा देखाएको भएपनि पछि मेयर सापको पनि व्यस्तता भयो । हामीले पनि त्यसैमा लाग्न सकेनौ ।’ उनले कृषि उपज थोक बजार अत्तरियाले पनि चासो नदिएपछि अत्यन्त्र जग्गा खोज्नुपर्ने बाध्यता भएको बताए । दुग्ध विकास संस्थान हाल कृषि उपज थोक बजार भित्र भाडाको घरमा सञ्चालनमा रहेको छ ।

आयोजना प्रमुख भट्टराइले धनगढीमा जग्गाको खोजीका लागि जाँदा धनगढीका मेयर गोपाल हमालले वडा नम्बर १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा राख्न सकिने सहमती जनाएको बताए । उनले उक्त ठाउँमा सबै कुरा मिलेको भएकाले आफूहहरुले सञ्चालक समितिको निर्णय गरेर प्रक्रिया अगाडि बढाएको बताए । ‘सञ्चालक समितिको निर्णय हामीले नगरपालिकामा पेस गरिसकेका छौ’ उनले भने ‘मेयर साप बिरामी भएपछि अहिले अन्तिम सम्झौता हुन बाकी रहेको छ ।’

स्थानीयको चर्को विरोध

attariya technical collage

स्थानीयले भने दुग्ध विकास संस्थान धनगढी सार्न खोजेको भन्दै चर्को विरोध गरेका छन । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति ललित रोकायाले अत्तरिया स्थापना गरिएको दुग्ध विकास संस्थान सार्ने कुरा सह्यै नहुने बताए । उनले सस्थानका लागि चाहिने जग्गा यसै क्षेत्रमा उपलब्ध गराउने बताउँदै सार्ने प्रक्रिया रोक्न आग्रह गरे । ‘संस्थानलाई उपयुक्त लागेको ठाउँमा जग्गा उपलब्ध गराउन हामी तयार छौ’ उनले भने ‘हामी यसलाई यहाँबाट बाहिर जान दिदैनौ ।’

navjiwan hospital

नेपाली कांग्रेसकै युवा नेता लोक राज पाण्डेले १५ वर्ष अघि नै स्थानीयले कोल्ड स्टोर र दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि हाट बजारलाई जग्गा दिएकोमा अहिले आएर सार्न खोज्नु उपयुक्त नभएको बताए । ‘यहाँ १५ वर्ष अघि स्थापना गरेको दुग्ध कारखाना अहिले बाहिर लग्ने कुरा उपयुक्त भएन’ उनले भने ‘यसको संरचना थप गर्नका लागि जग्गा कम परेको खण्डमा यसै सँग जोडिएको जग्गा दिन सकिन्छ । यसलाई कुनै हालतमा पनि यहाँबाट सार्नु हुँदैन ।’
चाहना सामुदायिक वनका अध्यक्ष भीम बिकले दुग्ध संस्थान स्थापना गर्ने भनेपछि पहिले पनि जग्गा दिएर स्थापना गरेको बताउँदै थप जग्गा पनि दिन आफूहरु तयार रहेको बताए । उनले यस क्षेत्रमा धेरै लगानी गरेर स्थापना गरेको संस्थानमा धेरै स्थानीयले रोजगारी पाएको अवस्थामा सार्न नहुने बताए ।

यसै क्षेत्रमा जग्गा दिन्छौ : प्रवक्ता

गोदावरी नगरपालिकाका प्रवक्ता गोपाद दत्त भट्टले दुग्ध विकास सस्थान सार्ने प्रक्रियालाई रोकेर यसै क्षेत्रमा जग्गा दिने गरी छलफल अगाडि बढेको बताए । उनले नगरप्रमुख जिल्ला बाहिर रहेकाले नगरप्रमुख आउने बितिकै यस बिषयमा छलफल गरेर अगाडि बढ्ने बताए । ‘हामीले डिडिसिका प्रमुख सँग छलफल गरेर कसरी सहज वातावरण बनाउन सकिन्छ भनेर कुरा गरेका छौ’ उनले भने ‘अब नगरप्रमुख सहित छलफल गरेर निष्कर्षमा पुग्छौ ।’ उनले यसअघि जग्गा दिन नगरपालिकाले बास्ता नगरेको भन्ने कुरा गलत भएको बताए ।

‘वास्ता गरिएन भन्ने कुरा सान्दर्भिक छैन । वहाँले कतै निवेदन छोड्नु भएको होला । अहिले नगरपालिकामा दिए भन्नु भएको छ’ उनले भने ‘वास्तविक कुरा के हो भने नगरपालिका सँग चलनभोगमा जग्गा नभएको र, यस विषयमा विस्तृत छलफल पनि गर्न नसकिएको अवस्थामा यो कुरा अगाडि नबढेको हो । अब छलफल अगाडि बढेको छ । अब यसको टुङ्गो लाग्छ ।’

क्षमता विस्तार गर्ने तयारी

अहिले डिडिसी अत्तरियामा रहेको कृषि उपज थोक बजारलाई मासिक २५ हजार ६८० रुपैयाँ भाडा तिरेर सञ्चालनमा रहेको छ । डिडिसीले हाल कैलाली सहित कञ्चनपुर र डडेल्धुराको आलितालका गरी करीब ६ हजार किसानको दुध संकलन गर्दै आएको छ । यस्तै उत्पादिन दुग्धजन्य पदार्थ दिपायल, डडेल्धुरा, अत्तरिया, धनगढी, टीकापुरमा बिक्री गर्दै आएको छ ।

आयोजना प्रमुख भट्टराइले पनि हाल महेन्द्रनगरमा पनि बजार विस्तारको तयारी भइरहेको बताए । उनले अनुसार हाल डिडिसी अत्तरियामा प्रत्यक्ष रुपमा ३० जना (१६ जना करार, १४ जना स्थायी) ले रोजगारी पाएका छन । उनले कारखानामा दुध, दहि, घिउ, पनिर, लस्सी उत्पादन हुने गरेको बताए । निकट भविष्यमा आइसक्रिम पनि उत्पादन गर्ने योजना रहेको उनले बताए । उनले उत्पादन बढाउन कारखानाको क्षेत्र विस्तार गरी कारखानाको स्थायित्व र लागत कम गर्नको लागि जग्गाको खोजी गरिएको बताए । यद्दपी हाल स्थापना भएको जग्गा सँगै थप जग्गा उपलब्ध भएका सहज हुने उनको भनाइ छ । स्थापित कारखाना सार्नको लागि मात्रै १५ लाख सम्म खर्च हुने अनुमान गरिएको छ ।

अपडेट : अत्तरियामा डीडीसीका लागि जग्गा खोज्न कार्यदल गठन