खाेज्नुहाेस

अत्तरियाको दुर्गालक्ष्मी क्याम्पस पुर्व विद्यार्थी समाजको अध्यक्षमा भट्टराई

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा गठित पुर्व विद्यार्थी समाजको अध्यक्षमा उद्धव भट्टराई चयन भएका छन । यसअघि तदर्थ समितिका संयोजक समेत रहेका भट्टराईलाई बुधबार बसेको समाजको प्रथम साधारण सभाले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

navjiwan hospital

यस्तै समितिको उपाध्यक्षमा योगेश भट्ट चयन भएका छन भने महासचिवमा भीष्मराज सुवेदी चयन भएका छन । भट्ट र सुवेदी पनि यसअघि तदर्थ समितिमा आवद्ध रहेका थिए । प्रथम साधारण सभाले समितिको सचिवमा पदमराज ओझा र कोषाध्यक्षमा रत्ना कुँवर जोशीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा शारदा फुलारा, बालकृष्ण भट्टराई, लक्ष्मी बिष्ट, जगत महरा र योगेश भट्ट चयन भएका छन ।

attariya hospital

यसैगरी सभाले तेज खड्काले संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसको सदस्यहरुमा धर्म कुँवर, प्रेम भट्ट, गणेश महरा, डण्डीराज जोशी, लक्षीराम आचार्य, मान बहादुर महरा, राजेन्द्र बिष्ट र राजकुमार साउँद रहेका छन । समितिले क्याम्पसको विकास तथा विद्यार्थीहरुका विभिन्न हकअधिकारका विषयमा कार्य गर्ने बताईएको छ । यस्तै विद्यार्थीहरुलाई आवश्यक पर्ने कुराहरुका लागि पनि पहलदमकी गर्ने कुरामा समिति अग्रसर रहने समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।

तदर्थ समितिका संयोजक भट्टराईको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर नरेन्द्र बहादुर ऐर रहेका थिए । साधारण सभामा सहायक क्याम्पस प्रमुख पदम प्रकाश साउँद, मानविकी संकाय शिक्षण समिति प्रमुख डाक्टर विष्णु बहादुर कठायत, शिक्षण सहायक भुपेश जोशी, सहायक प्रशासक सिद्ध राज भट्ट, लाईब्रेरियन साबित्रि भट्ट लगायत पुर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।