खाेज्नुहाेस

कजाकिस्तानमा ६७ जना सवार जहाज दुर्घटना

Image
photo : REUTERS

एजेन्सी – कजाकिस्तानमा अजरबैजान एयरलाइन्सको जहाज दुर्घटना भएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार ६७ जना सवार रहेको यो जहाज कजाकिस्तानको आकताउ नजिकै दुर्घटनाग्रस्त भएको हो।

प्रारम्भिक रिपोर्ट अनुसार २५ जना जीवित भेटिएका छन्, जसमध्ये २२ जनालाई अस्पताल भर्ना गरिएको छ। कजाकिस्तानको आपतकालीन मन्त्रालयले यो जानकारी दिएको हो।

attariya hospital
navjiwan hospital

अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको यो जहाज दुर्घटनाको क्रममा आगलागी भएको थियो, तर आगो अहिले निभाइसकिएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुलासा भएको छैन। इम्ब्रेयर १९० मोडलको यो जहाजमा ६२ जना यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए।

अजरबैजान एयरलाइन्सको उडान  J2-8243  अजरबैजानको राजधानी बाकुदेखि रूसको ग्रोज्नी जाँदै थियो। तर खराब मौसमका कारण (कुहिरो ) यसलाई अन्यत्र मोडिएको बताइएको छ।

news source : BBC