
दार्चुला- दार्चुलामा महाकाली नदी तरेर अनुमतिबिना भारतीय ठेकेदार कम्पनीको एक्स्काभेटर नेपालतर्फ आएको छ । महाकाली नगरपालिका-५ वीरेन्द्रवन नजिक नेपाल-भारत सीमा नदी महाकाली नदीवारि आइतबार बिहान साढे ११ बजेतिर भारतीय एक्स्काभेटर आएको हो ।
स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएका छन् भने प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेर यस विषयमा छलफल भइरहेको बताइएको छ ।


















