एजेन्सी- ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइसको सडकमा गुडिरहेको ट्रकबाट अचानक ठूलो मात्रामा ग्रेनाइट सडकमा झरेको थियो ।

गुडिरहको बस त्यही ग्रेनाइटमा चिप्लिएर ट्रकसँग ठोक्किएको थियो । जसमा एउटा कार पनि थिचिएको थियो । कारमा रहेका एक जना र ट्रक तथा बसका ३७ जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कारमा आगलागी हुँदा बस र ट्रकसमेत जलेका छन् । मृत्यु हुनेमध्ये धेरैजना आगलागीमा परेकाहरु रहेको प्रहरीले जनाएको छ ।
















