खाेज्नुहाेस

अत्तरियाको एपेक्स एकेडेमीमा कृषि मेला आयोजना

Image

अत्तरिया – कैलालीको अत्तरिया स्थित एपेक्स एकेडेमीले आज एकदिने कृषि मेला आयोजना गरेको छ। विद्यालयले दशै र तिहार बिदामा विद्यार्थीहरूलाई तरकारीको बीउ वितरण गरेको थियो, जसबाट बालबालिकाहरूले तरकारी उत्पादन गरी बिक्री वितरणका लागि विद्यालयमा ल्याएका थिए। तिनै उत्पादन विक्री गर्न मेलाको आयोजना गरिएको हो ।

navjiwan hospital

विद्यालयका प्रधानाध्यापक समीर महराले विध्यार्थीलाई कृषि प्रती आकर्षीत गर्न मेला आयोजना गरिएको बतार । उनले भने, “हरेक बालबालिकाले भविष्यमा के बन्नुहुन्छ भन्दा ‘किसान बन्छु’ भन्ने वातावरण सिर्जना गर्न आवश्यक छ। तब मात्र देश विकास सम्भव छ।”

attariya hospital

यस मेला मार्फत विद्यार्थीहरूलाई कृषि क्षेत्रमा रुचि जगाउन तथा उद्यमशीलताको प्रोत्साहन गर्न विद्यालयले विशेष प्रयास गरेको छ।