एजेन्सी- अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । विद्यालयकै एक छात्राले गोली चलाएको र दुई जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनामा अरु ६ जना विद्यार्थी घाइते भएका छन् । विस्कन्सिन राज्यको निजी क्रिस्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने १७ वर्षीय किशोरी रहेकी बीबीसीले जनाएको छ । गोली चलाउनुको कारण खुलेको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।


प्रहरीले परिवारको सहयोगमा ती किशोरीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि विद्यालयसँगैको सडक पनि बन्द गरिएको छ ।