खाेज्नुहाेस

तमिलनाडुमा अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु

Image

एजेन्सी- भारतको तमिलनाडुमा एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । तमिलनाडुको डिन्डिगुलमा रहेको एक निजी अस्पतालमा गएराति आगलागी हुँदा ६ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

navjiwan hospital

घटना राति १० बजेतिर भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार ज्यान गुमाउनेमध्ये एक जना शिशु पनि छन् । आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन । तर शर्ट सर्किट भएर आगलागी भएको आशङ्का गरिएको छ ।

attariya hospital

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ६ जनाको ज्यान गएकोमा दुःख व्यक्त गरे । उनले हरेक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।