खाेज्नुहाेस

गौरीगंगाका १५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका – २ स्थित मालिका माध्यमिक विद्यालय चौमालामा अध्ययनरत १५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । युवा समाजसेवी हेमन्त राज जोशी (बाजे) को पहलमा बुधबार सिबिन नेपाल कैलाली शैक्षिक सामग्री वितरण गरेको हो ।

आर्थिक अवस्था अत्यन्तै नाजुक भैइ विद्यालय जान नसक्ने,एकल घरपरिवारका छोराछोरी,जेहेन्दार र अनाथ बालबालिकाहरु लाई विद्यालय पोसाक,झोला र स्टेसनरी सामाग्री वितरण गरिएको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा सिबिन नेपालका कार्यालय प्रमुख हरिलाल चौधरीले न्यून आय भएका विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने बताए।

शैक्षिक सामग्री वितरण कार्यक्रममा मालिका माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज दियाकोटि,अमर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दान बहादुर कुँवर, युवा समाजसेवी तथा पहलकर्ता हेमन्त राज जोशी (बाजे),मनोबिमर्सकर्ता भगवती राई, विद्यालयका प्रधानाध्यापक रतन प्रसाद जैसी, विद्यालयका शिक्षक– शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन शिक्षक तिलक साँउदले गरेका थिए भने स्वागत मन्त्यव्य विद्यालयका प्रधानाध्यापक जैसी गरेका थिए ।