खाेज्नुहाेस

गोदावरीमा मंसिर १८ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने

Image
अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा मंसिर १८ गतेदेखि नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा प्रतियोगिता गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
attariya hospital
प्रतियोगितामा २३ वटा सामुदायिक र २२ वटा संस्थागत गरी ४५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले बताए । उनले प्रतियोगितामा  २२ सय बढी विद्यार्थी सहभागी हुने बताए ।
प्रतियोगिता अन्तरगत ६ विधामा खेल खेलाइने जनाइएको छ । जसमा मार्सलाटका ३ विधा, एथलेटिक्स, भलिबल र कबड्डी खेलाइने खेल संयोजक भट्टराईले बताए ।
maya metro hospital
navjiwan hospital
मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताको आयोजक विद्यालयका रुपमा गोदावरी नगरपालिका ७ हरैयामा रहेको दुर्गा भवानी मावि रहेको छ । प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने विद्यालयका प्रधानाध्यापक कृष्ण राज पाठकले बताए । उनले एथलेटिक्सका खेल भने स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने बताए ।
Karma Consultancy
अतिरिक्त क्रियाकलाप पनि सँग सँगै हुने 
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत विष्णु अवस्थीले प्रतियोगिता अन्तरगत नगर स्तरीय अतिरिक्त क्रियाकलाप पनि आयोजना गरिने बताए । उनले नगर स्तरीय अतिरिक्त क्रियाकलाप अन्तरगत कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थी सहभागी हुने गरी ८ विधामा क्रियाकलाप सञ्चालन गरिने बताए ।
जसमा कक्षा १ देखि ३ सम्मका छात्र छात्राहरूका लागि १ सय मिटरको अण्डा दौड, कक्षा ४ र ५ का छात्र छात्राका लागि एक सय मिटर दौड र चित्रमा रङ्ग भर्ने प्रतियोगिता राखिएको शिक्षा शाखा अधिकृत अवस्थीले बताए । उनले कक्षा ६ देखि ८ को छात्र छात्रा १ सय दौड प्रतियोगिता र आइक्यु टेस्ट प्रतियोगिता राखिएको बताए ।  उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ कक्षा मुनिका छात्र छात्रा कम सहभागी हुने अवसर पाउने भएकाले सँगसँगै नगर स्तरीय प्रतियोगिता पनि आयोजना गरिएको बताए ।