दार्चुला – दार्चुलामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ महाकाली नगरपालिका–४ बङ्गाबगरस्थित आफ्नै घरको छतबाट खसेर ३६ वर्षीय राजेन्द्र महताको साँझ मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छिमेकीको घरको छतबाट आफ्नै घरको छतमा फाल हाल्ने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।