दार्चुलाको तुसारपानी–टिंकर सडकको काम सुस्त

दार्चुला – त्रिदेशिय सीमानाका टिंकर जोड्ने सडकको काम सुस्त गतिमा अघि बढेको छ । दार्चुलाको तुसारपानी देखि टिंकर सम्म ७९ किलोमिटर सडक निर्माणको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको भएपनि बजेट अभावका कारण काम सुस्त भएको हो ।

maya metro hospital

नेपाली सेनाले २०७७ माघ २८ गते देखि यो सडक निर्माणको जिम्मा लिएको थियो । हाल सम्म सडकको १३.५९० किलोमिटर ट्र्याक खुलाइएको भएपनि बाकी काम बजेट अभावका कारण रोकिएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले सडक निर्माणका काम छिटो सक्न पर्याप्त बजेट र उपकरण बढाउनुपर्ने बताए ।

उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ९ करोड रुपैयाँ बजेट मात्रै छुट्याइएको छ । जसबाट १।८ किमि नयाँ ट्र्याक खोल्ने र १।२ किमि सडक स्तरोन्नति गरिने सेनाले जनाएको छ ।

attariya hospital

यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४२५ किलोमिटर रहको छ । जसको अप्ठ्यारो खण्डको काम नेपाली सेनालाई दिइएको छ । सेनालाई आर्थिक वर्ष २०८८/०८९ सम्म ट्र्याक खोल्ने गरी सम्झौता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.