दार्चुला दुर्घटनाका घाइते ३ जनालाई हेलिकोप्टरमार्फत धनगढी लगियो

दार्चुला– दार्चुलामा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरमार्फत धनगढी लगिएको छ ।

maya metro hospital

जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ वर्षीय उत्तम रोकाया र दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ८ वर्षीय सन्दीप रावललाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

घाइते पाँच जनामध्ये उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.