कञ्चनपुर र दार्चुलामा अवैध सामान फेला

अत्तरिया- कञ्चनपुर र दार्चुलामा अवैध सामान फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा प्रहरीले भन्सार छलीका अवैध सामान फेला पारेको हो ।

maya metro hospital

कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार कार्यालय नजिक र जिमुवा जाने बाटो र भीमदत्त-१७ मझगाउँ चोकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ९९ हजार २६० मूल्यको चिनि, मिश्री, चप्पल, जुत्ता, साइकलका सामान, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

दार्चुलाको महाकाली नगरपालिका-८ धापस्थित सडक खण्डमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ११ हजार ५०० मूल्यको २३० पिस लेजर लाइट प्रहरी चौकी धापबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.