दार्चुलाका लोकेन्द्रको घर पसलमा लागुऔषध फेला
अत्तरिया- दार्चुलाको एक घर पसलमा लागुऔषध फेला परेको छ । मंगलबार राति मार्मा गाउँपालिका-३ बिटुलेका ३० वर्षीय लोकेन्द्र महरको घर पसलमा लागुऔषध फेला परेको हो ।
उनको घर पसलमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा २ किलो ३०० ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।