खाेज्नुहाेस

दार्चुलाबाट एक गाडी अवैध सामान बरामद

Image

अत्तरिया – दार्चुलाबाट प्रहरीले एक गाडीमा अवैध सामान बरामद गरेको छ । बिहिबार प्रहरी चौकी शंकरपुर पस्ती दार्चुलाबाट खटिएको प्रहरी टोलीले मालिकार्जुन गाउँपालिका – ८ पस्ती स्थित खलगा देखि गोकुलेश्वर तर्फ जादै गरेको बोलेरो गाडीमा अवैध सामान फेला पारेको हो ।

navjiwan hospital

प्रहरीले शंका लागिेर सु.प.प्र.०१००१ ज ११९० नम्बरको बोलेरो गाडीमा चेकजाँच घोडा बिडी १६ बोरा, हाइक्लास सुर्ती ५.५ बोरा र सलाई १६ बास्ता (पेटी) गरी ५ लाख ५८ बराबरको अवैध सर–समानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

attariya hospital

प्रहरीले गाडीका चालक बैतडीको डिलाशैनी गाउँपालिका – १ का सागर रानालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।