अत्तरिया – दार्चुृला स्थित महाकाली नदीमा खसेर घाइते भएका एक युवकको उद्दार गरिएको छ । आइतबार महाकाली नगरपालिका – ४ रिङनताल स्थित महाकाली नदीमा खसेर घाइते भएका ३१ वर्षीय यमराज लकन्डीको प्रहरीले उद्दार गरेको हो ।
बझाङको सुर्मा गाउँपालिका – ९ सैनगाउ घर भई हाल दार्चुला स्थित महाकाली नगरपालिका –४ खंलगामा कोठा गरि बस्दै आएका यमराजको उद्दार गरी जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पठाइउको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उनी खंलगामा कोठा गरेर लेबरी काम गर्दै आएका थिए । उनी कसरी महाकाली नदीमा खसे भन्ने बारे भने खुलेको छैन । उनको उद्दारका लागि आइतबार प्रहरी नायव उपरिक्षक प्रकाश दाहालको कमाण्डमा २२ जनाको प्रहरी टोली खटिएको थियो ।