खाेज्नुहाेस

विद्यार्थीलाई होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने 

Image
अत्तरिया – कैलालीको अत्तरियामा रहेको एपेक्स एकेडेमीले  दसैँ तिहारको बिदामा विद्यार्थीलाई तरकारीको बिउ वितरण गरेको छ ।
attariya hospital
navjiwan hospital
विद्यालयले विद्यार्थीलाई तिहारपछि उक्त बिउबाट तरकारी फलाएर नमुना ल्याउन होमवर्क दिएको छ । विद्यालयले विद्यार्थीलाई पहिलो दिनको फोटोदेखि फलाएर स्कुलमा नमुना ल्याउन्जेल सम्मको फोटो खिच्न पनि गृहकार्यको रूपमा दिएको छ ।
जसबाट विद्यार्थीको आन्तरिक मूल्याङ्कन पनि गरिने विद्यालयका प्रधानाध्यापक समीर महराले बताए ।
उक्त तरकारी विद्यार्थीले स्कुल आयोजना हुने कृषि हाट बजारमा ल्याएर आफै बिक्री समेत गर्ने उनले बताए ।