अत्तरिया– कैलालीको अत्तरियामा रहेको किड्स जोन एकेडेमीले सांस्कृतिक उत्सव सुरु गरेको छ । शुक्रबार देखी औपचारीक कार्यक्रमको आयोजना गरी विद्यालयले सांस्कृतिक उत्सव सुरु गरेको हो ।
निजि तथा आवाशिय विद्यालय संगठन नेपाल (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष जगविर थापा रहेका थिए । असोज २२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा नेपालको विविध संस्कृति, परम्परा, र सम्पदाको झल्को दिने विभिन्न प्रस्तुति, प्रदर्शनी र प्रतियोगिताहरु समेटिएको विद्यालयका सञ्चालक मदन जोशीले जानकारी दिए ।
उनले ५ दिनसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न संस्कृति एवम् परम्पराहरुको झल्को दिने खालका कार्यहरु सिकाईने बताए । उनले विद्यार्थीहरूले विभिन्न जातजाति र क्षेत्रहरूको प्रतिनिधित्व गर्दै परम्परागत नृत्य, गीत, फाग प्रस्तुत गरे ।
उत्सवको पहिलो दिन सुदूरपश्चिमका विभिन्न भाषाभाषीहरुको बारेमा प्रस्तुती दिईएको उनको भनाई छ । त्यसपश्चात आगामी ४ दिनसम्म सुदूरपश्चिमका परम्परागत खाद्य परिकार, पहिरन लगायतका विषयमा प्रस्तुती रहने उनले बताए ।