दार्चुला- दार्चुलामा ढुङ्गा लागेर घाइते भएका मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-६ पालङका २२ वर्षीय धनप्रसाद डाँगी रहेका प्रहरीले बताएको छ ।
उनी नेपाली सेनाद्वारा निर्माण भइरहेको तिंकर सडकमा काम गरिरहेका थिए । दार्चुला–तिंकर सडकखण्ड अन्तर्गतको व्यास गाउँपालिका-२ आतुङ्ती क्षेत्रमा सोमबार दिउँसो सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर डाँगी गम्भीर घाइते भएका थिए ।
डाँगीको उपचारका लागि खलंगा ल्याउने क्रममा सोमबार राति सुन्सेरा क्षेत्रमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।