अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ६ लालपुरमा रहेको कल्प पाठशालाले क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ । विद्यालयमा रहेका सम्पुर्ण शिक्षक शिक्षिकाहरुका लागि विद्यालयले एक दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको हो ।

विद्यालयमा शिक्षाको गुणस्तर कायम राख्नका लागि सहयोग पुग्ने हेतुले तालिमको आयोजना गरिएको विद्यालयका अध्यक्ष गणेश जिमि साउँदले बताए । उनले तालिममा कर्मचारीहरुको शिक्षण शैली, विद्यार्थी र शिक्षकको अनुशासन, विद्यालय र विद्यार्थी प्रति हुनुपर्ने उत्तरदायित्व लगायतका विषयमा जानकारी दिईएको बताए ।

साउँदले तालिमले शिक्षकहरुको शिक्षण सिकाई क्रियाकलापमा परिवर्तन आउने र त्यसले विद्यार्थीहरुको शिक्षाको गुणस्तरमा पनि टेवा पु¥याउने अपेक्षा लिएको बताए ।


















