अत्तरिया – कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक गिरीराज कडायत सम्मानित भएका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कडायतलाई राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बाट सम्मानित गरेको हो ।

मन्त्रालयले देशभरका ३२ जनालाई उक्त पुरस्कार बाट सम्मानित गरेको छ । जसमध्ये कैलालीबाट कडायतसहित दुई जनाले उक्त पुरस्कार पाएका छन । निजि क्षेत्रबाट शिक्षा क्षेत्रमा योगदान पु-याएको भन्दै मन्त्रालयले सुदूरपश्चिमबाट ५ जनालाई उक्त सम्मा दिएको छ ।

जसमा कैलालीका दुई तथा बैतडी, बाजुरा र डोटीका १÷१ जना रहेका छन ।


















