अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायी रमेश भट्टराईले सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन । गोदावरी नगरपालिका– ३ का स्थानिय भट्टराईले आफ्नो जन्मदिनको अवसरमा सुप समावेशी आधारभुत विद्यालयलाई स्टेशनरी सामग्रीहरु सहयोग गरेका हुन ।

भट्टराईले जन्मदिनको अवसरमा अपांगता भएका बालबालिकाहरुका लागि केही सहयोग गर्नुपर्छ भन्ने सोचेर उक्त कार्य गरेको बताए । उनले विद्यालयलाई आवश्यक भएका कुराहरुको सुचि मागेर सो अनुसार आफुले सहयोग गरेको बताएका छन ।

भट्टराईले विद्यालयलाई कापी, कलम, सिसाकलम, ग्राफ कपी, चित्र बनाउने कपी, वर्णमाला, शब्दकोष, नेपाली ब्याकरण, क्याल्कुलेटर, ज्यामीति बक्स लगायतका स्टेशनरी सामग्रीहरु सहयोग गरेका हुन ।
उनले आफुले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरु गर्दै जाने बताए । भट्टराईले विशेष अवसरमा मात्रै नभई आवश्यक परेका बेला विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका छन । उनि नेपाल तरुण दलका गोदावरी नगरसभापति समेत हुन ।


















