दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु By अत्तरिया अनलाइन On भदौ २४, २०८१ file photo दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । लेकम गाउँपालिका–६ सिरोडाका ५५ वर्षीय विरसिँह खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन गएका खत्रीको गोठेउडीे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।