दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिह धामीले प्रहरीमा उजुरी दिएका छन । उनले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलामा कानुनी उपचारको लागि उजुरी दिएका हुन ।
प्रमुख प्रशासकीय अधिकृत धामीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको बताएका छन् । ‘आफु शैल्यशिखर नगरपालिकाको २०८० असोज ५ गतेदेखि चैत ५ गतेसम्मको अवधिमा गरेको कामको जिम्मेवारीपूर्ण रुपमा मैले लिन्छु । प्रशासकीय अधिकृतको रुपमा कुनै कमजोरी भए नियमसंगत हुने कुरा छदैछ’ धामीले दिएको उजुरीमा भनिएको छ ‘शैल्यशिखर नगरपालिकाको काम कारवाहीको विषयमा अख्तियारले के कसो हो भनेर सोधेको पत्रलाई सामाजिक सञ्जालमा राखेर आफु र आफ्नो परिवारको सामाजिक र मानसिक चोट पु¥याउने काम भयो ।’
उनले उजुरीमा अनुसन्धानको विषय गोप्य राख्नुपर्ने तथा सरकारी कागजपत्रको गोपनियता भंग गरेर राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र कमजोर बनाउने कार्यविरुद्ध कानुनी प्रक्रिया अपनाइएको उल्लेख छ ।
आफ्नोविरुद्धमा शैल्यशिखर नगरपालिका–८ घर भई हाल काठमाण्डौंमा बस्दै आएका बीरभद्र जोशीले निरन्तर आफु र आफ्नो परिवारको चरित्रहत्या गरेको प्रमुख प्रशासकीय धामीको आरोप छ ।