खाेज्नुहाेस

लघुबित्त महत्वका उपज मोहम्मद युनुस

Image

लघुबित्त सामाजिक अभियान संगै एक परोपकारि बित्तिय संस्था हो । हाल विश्वका विभिन्न वस्तीहरुमा छरिएर रहेका ग्राहक सदस्यलाई समुहमा आवद्ध गरि वित्तिय कारोबार गर्ने काम लघुवित्तहरुले गर्दै आएका छन ।

काम गर्न चाहाने इच्छा भएका र हातमा सिप भएका तर पुँजिको अभावका कारण विपन्नताको जिन्दगी बिताईरहेका सदस्यहरुको सहयोगीका रुपमा लघुवित्तहरु अग्रसर भएका छन । त्यस्ता ब्यक्तिहरुलाई बित्तिय माध्यमबाट सदस्यकै घरदैलोमा अनुभवि कर्मचारिबाट पाईने सेवा लघुबित्त सेवा हो । वास्तवमै देशको अधिकासं जनसख्यालाई बैक के हो, कर्जा के हो, कसरि जिवनमा उन्नती गर्न सकिन्छ, सस्तो दरको कर्जा कहाँ पाउँछ, उद्यमी भनेको के हो लगायतका बारेमा अझै जानकारी छैन, जुन बैंकसंग जोडिएका छैनन् । हामि उद्यमी बन्दा जिवन परिवर्तन कसरि गर्न सक्छौ भन्ने विषयलाई बित्तिय शिक्षाको माध्यबाट सजिलो तरिकाले लघुवित्तहरुले विपन्न वर्गलाई सिकाईरहेका छन । विश्वको अधिकासं विकसित राष्ट्रले लघुबित्तलाई गरिव निवारणको औजार बनाएका छन ।

attariya hospital

विपन्न सदस्य तथा तिनको परिवारको जिवन सुरक्षा तथा उनिहरुलाई खाँचो पर्दाको बित्तिय साधन बनेको लघुबित्त कार्यक्रम विपन्न परिवारले सजिलै आर्थिक सेवा तथा बित्तिय ज्ञान पाउने थलो बनेको छ । त्यहि भएर पनि होला लघुबित्तलाई विपन्न परिवारको समृद्धिको योजनाकार पनि भन्ने गरिन्छ । लघुबित्त स्थापना पुर्व नेपालका बैंकहरु निश्चित बजार तथा सदरमुकाममा आफ्नो सेवा दिईरहदा थिए । सेवाग्राहीको लामो लाईन अनि झन्झटिलो बित्तिय सेवालाई केहि सहज बनाई बित्तिय पहुँचमा बृद्धि गर्ने काम लघुवित्तहरुले गरेका छन ।

navjiwan hospital

नेपालमा करिब ६० लाख घरपरिवारलाई बित्तिय सेवा दिइरहेको लघुबित्त कार्यक्रमले करिब २० प्रतिशत जनसख्यालाई बित्तिय पहुँचमा जोड्न सफल भएको छ । जसबाट ग्रामिणवस्तीमा सेवाग्राहीलाई बित्तिय सेवा पाउँन धेरै सहज भएको छ । पछिल्लो समय लघुबित्त बित्तिय संस्थाहरुले डिजिटल बंैक पद्धतिलाई अनुसरण गर्दै ग्रामिण बस्तिको जनसख्यालाई डिजिटल वित्तिय सेवासँग जोडि त्यहाँको पुजिँ चलायमानमा ठुलो भुमिका खेलेको छ । लघुबित्तको स्थापनाले आजभोलि महंगो ब्याजमा पैसा बेच्ने साहुमाजन हराउदै गएका छन भने देशको बित्तिय पहुँचको दर बढेको छ ।

माथि लघुवित्तको महत्वलाई चर्चा गर्दा लघुबित्तको जन्मदाता डा. मोहम्मद युनुसको नाम अगाडी आउँछ । उनले सन १९७० को दशकमा लघुबित्तको थालनि गर्ने ब्यक्तिको परिचय बनाएका थिए । गरिबहरुका ब्यांकर उपनामले परिचित युनुसलाई लघुबित्त स्थापनाको अवधारणा बनाएवाफत नोबेल पुरस्कार प्राप्त भएको थियो । विश्वमा लघुबित्त कार्यक्रमको अवधारणा र विपन्नतालाई सम्पन्नता तिर लैजान लघुबित्त बलियो माध्यम बनेको हो भन्ने अवधारणालाई स्थापित गरेका युनुसलाई विश्वबजारमा सबैले लघुबित्तका पिता भनेर चिन्दछन । खाडिमुलुकमा तल्लो स्तरमा काम गर्न बाध्य बंगलादेशका जनतालाई आज युनुसको अवधारणाले उद्यमशिल बनाएको छ । त्यहाँको ठुलो जनसख्या उद्यमशिलता तथा साना–ब्यावसाय बाट करोडौले आम्दानी गरिरहेका छन भने रोजगारी पनि सृजना गरिरहेका छन । बंगलादेशमा ग्रामिण बिकास बैंकको स्थापक युनुस करिब १७ करोड जनसंख्याको मन–मनमा बस्न सफल भएका छन भन्ने कुरा त्यहाँको बिद्यार्थि आन्दोलनबाट प्रष्ट भएको छ । प्रधानमन्त्री हसिनाले देश छोडेर गएपछि त्यहाँका जनताले युनुसलाई राष्ट्र प्रमुखको जिम्मा लगाउदै गर्दा यसको सबै श्रय लघुबित्त स्थापना र लघुबित्तको लोकप्रियतालाई दिईनुपर्दछ । लघुवित्तकै लोकप्रियताका काण उनले त्यो पद प्राप्त गरेका हुन भन्ने कुरामा दुई मत छैन ।

maya metro hospital

लघुबित्त के हो, यसको महत्व कति छ, यसको औचित्य के छ, जस्ता बित्तिय साक्षरताको अभावमा रुमल्लिएकाहरुको लागि गतिलो बित्तिय शिक्षा भएको छ बंगलादेशी नागरिकको आवाज । आज विश्वबजारमा लघुबित्तको कति लोकप्रियता छ भन्ने कुरा बंगलादेशका नागरिकहरुले प्रमाणित गरेका छन । आज बंगलादेशी जनताले नेपालमा लघुबित्तको औचित्य छैन, लघुबित्त खारेज गर्नुपर्छ जस्ता अभिब्यक्ति दिदै कर्जा खायर नतिर्न चाहने केहि थान आन्दोलनकारिलाई गतिलो बित्तिय शिक्षा दिएका छन । लघुबित्तको महत्वका उपज भएर नै मोहम्मद युनुसलाई आज त्यहाँको जनताले सहजै आफ्नो देशको राष्ट्र प्रमुखको जिम्मा दिएका हुन । त्यसैले नेपालमा हामिले समयमा नै चेतनाको स्तर बढाएर लघुवित्तको महत्वका बारेमा जानकारी राख्न जरुरी छ ।

लेखक डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडमा अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

Karma Consultancy