खाेज्नुहाेस

चुरेस्थीत सुर्यमुखी आधारभुत विद्यालयको नयाँ भवनको उद्घाटन

Image

अत्तरिया – कैलालीको चुरे गाउँपालिका – ४ बालुवागडामा रहेको सुर्यमुखी आधारभुत विद्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ । आईतबार एक औपचारीक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले भवनको उद्घाटन गरेका हुन ।

navjiwan hospital

४ कोठे उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत निर्माण गरिएको थियो । उक्त कार्यक्रम अन्र्तगतको ४५ लाख बजेटमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष बोगटीले जानकारी दिए । उनले कक्षा ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा भौतिक संरचनाहरु पर्याप्त नहुँदा र भएका संरचनाहरु पनि जिर्ण हुँदा विद्यार्थीहरुलाई पढाईमा समस्या भैरहेको अवस्थामा नयाँ भवनले सहजता दिएको बताए ।

attariya hospital

‘यहाँ करिब २०० विद्यार्थीहरु पढ्दै आईरहेका छन, तर पर्याप्त भवन नहुँदा र भएका भवन पनि एकदमै पुराना भएकाले जिर्ण हुँदा समस्या थियो’ उनले भने ‘यो भवनले केही हद सम्म भएपनि विद्यार्थीहरुलाई सहज वातावरणमा अध्यापन गराउनका लागि सहयोग पुगेको छ ।’ उनले शिक्षा क्षेत्रका लागि पालिका या अन्य विभिन्न निकायबाट पनि आफुले सहयोग जुटाउने कार्य गरिरहेको बताए । गत आर्थिक वर्षको बजेटमा निर्माण भएको उक्त भवन प्राविधिक कारणले गर्दा केही ढिला उद्घाटन भएको बताईएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर तारामीको सभापतित्वमा भएको विद्यालयको उद्घाटन समारोहमा सो वडाका वडाध्यक्ष चन्द्र बहादुर लामिछाने मगर, गाउँपालिकाका शिक्षा शाखा प्रमुख विविराज सोती लगायत विभिन्न जनप्रतिनिधि एवम् स्थानियहरुको सहभागिता रहेको थियो ।