खाेज्नुहाेस

गोदावरीमा दुई सातापछि एसइईको नतिजा सार्वजनिक

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले २ सातापछि एसइईको विद्यालयगत नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते एसइईको नतिजा सार्वजनिक गरेको थियो । नगरपालिकाको शिक्षा शाखाले भने बुधवार मात्रै विद्यालयगत नतिजा सार्वजनिक गरेको हो ।

नगरपालिकाले सार्वजनिक गरेको नजिता अनुसार पालिकामा सबैभन्दा धेरै सामुदायिक तर्फ घण्टेश्वर माविका ३१.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छ भने संस्थागत तर्फ सैनिक आवासीय महाविद्यालयबाट ९४.०७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

attariya hospital
navjiwan hospital

घण्टेश्वर माविबाट ४८ विद्यार्थी एसइई परीक्षामा सहभागी भएकोमा १५ जना उत्तीर्ण भएका छन् भने ३३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस्तै सैनिकबाट ११८ विद्यार्थी एसइईमा सहभागी भएकोमा १११ विद्यार्थी उत्तीर्ण भएका छन् भने ७ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

सामुदायिक तर्फ दोस्रो र तेस्रो स्थानमा रहेका दुर्गालक्ष्मी नमुना माविबाट ३०.८१ र सरस्वती मावि गेटाबाट २९.९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागत तर्फ सैनिक पछि होलिलेन्ड एकेडेमीमा ७८.९५ र खप्तड विद्या निकेतनबाट ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गोदावरीबाट दुर्गालक्ष्मी मावि, सैनिक महाविद्यालय र सत्यवती एकेडेमीका एक एक विद्यार्थीले ४ जिपिए अङ्क ल्याएका छन ।
गोदावरीमा ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ६४ रहेको छ । जसमासैनीक महाविद्यालयबाट १६, दुर्गालक्ष्मी माविबाट १२, सत्यवती एकेडेमीबाट ७ विद्यार्थी रहेका छन ।

maya metro hospital