लालपुरको कल्प पाठशालाले ३ विद्यार्थीलाई ग-यो सम्मान

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा रहेको कल्प पाठशालाले (यसअघि केदारेश्वर बोर्डिङ स्कुल) ३ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

maya metro hospital

उक्त विद्यालयले ८ कक्षासम्म सोही विद्यालयमा अध्ययन गरी अन्य विद्यालयबाट एसइई दिएर उत्कृष्ट नतिजा ल्याएका ३ जनालाई सम्मान गरेको हो ।

कक्षा ८ सम्म नै सञ्चालनमा रहेको उक्त विद्यालयमा अध्ययनरत पुजा विनाडी, मनिषा खड्का र सुमित राज भट्टलाई खादा तथा मायाको चिनोले सम्मानित गरेको विद्यालयका अध्यक्ष गणेश जिमि साउँदले बताए ।

attariya hospital

उक्त विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरी अन्य विद्यालयबाट एसइई दिएकी मनिषाले ३.७३, सुमितले ३.६५ र पुजाले ३.१५ जिपिए ल्याएका थिए । उनिहरुलाई मंगलबार विद्यालयका अध्यक्ष साउँद र निर्वतमान अध्यक्ष खम्ब बुढाले सम्मानित गरेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.