लेखराज भट्टको १६ प्रतिशत मत घट्यो

अत्तरिया – एमाले सचिव लेखराज भट्टको तेस्रो पटक संसद भवन छिर्ने योजनामा ब्रेक लागेको छ । राष्ट्रिय स्तरमै चर्चित नेता भट्टको विजय यात्रामा ब्रेक मात्रै लागेको छैन उनले २०७४ मा पाएको मत प्रतिशतमा पनि भारी गिरावट आएको छ ।

maya metro hospital

बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भट्ट २०७४ सालमा ३१ हजार ३५९ मत पाएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिल भण्डारीले २० हजार ९६० मत पाएका थिए ।

joshi vada pasal 2

०७४ निर्वाचनमा कुल सदर मत ५८ हजार ६० मध्ये भट्टले ५४ प्रतिशत मत ल्याउँदै विजयी भएका थिए भने उनका प्रतिस्पर्धी भण्डारीले ३६ प्रतिशत मत पाएका थिए ।

०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक समिकरण संगै भट्टको मत प्रतिशत पनि घटेको हो । मंसिर ४ को निर्वाचनमा भट्टले कुल खसेको ५९ हजार २३३ सदर मत मध्ये २२ हजार ६१३ मत पाउन सके । जुन कुल सदर मतको ३८ प्रतिशत मात्रै हो ।

०७४ को निर्वाचनमा ३६ प्रतिशत मत पाएर पराजय भोगेको कांग्रेसले ०७९ मा ४४ प्रतिशत मत ल्याएर पनि विजयी भएको छ । मंसिर ४ को निर्वाचनमा कुल सदर मत ५९ हजार २३३ मध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वीर बहादुर बलायरले २६ हजार २२० मत पाएका छन ।

indreni vansa ghar

पहिलो पटक निर्वाचन लडेको नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर ४ मा ६ हजार २१८ मत पाएको छ । जुन कुल सदर मतको साढे १० प्रतिशत हो । उक्त पार्टीबाट प्रतिनिधि सभामा कइयाँ चौधरी उम्मेदवार बनेका थिए ।

१९ वडामा एमाले कमजोर

कैलाली क्षेत्र नम्बर ४ मा रहेका ३० वडा मध्ये १९ वडामा एमालेले कांग्रेस भन्दा कम मत ल्याएको छ । जसमा गौरीगंगामा मात्रै ११ मध्ये १० वडा रहेका छन । त्यस्तै गोदावरीमा ६ वडा, चुरेका २ र मोहन्यालको १ वडा रहेको छ ।

ति वडा मध्ये पनि ६ वडामा नागरिक उन्मुक्ति पार्टी बलियो हुँदा एमाले कमजोर देखिएको छ । जसमा गौरीगंगा नगरपालिका ६, ८, ९, १०, ११ र गोदावरीको वडा नम्बर ५ रहेका छन । जुन वडामा नागरिक उन्मुक्ति पार्टीको मत जोड्दा एमाले कांगे्रसभन्दा अगाडी हुन्छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले जितेका ५ वडामा पनि एमाले कमजोर देखिएको छ । गौरीगंगामा माओवादीले जितेका वडा नम्बर ७, ८, ९, ११ र समाजवादीले जितेको वडा नम्बर ५ मा एमालेका उम्मेदवार भट्टले कांग्रेसको भन्दा कम मत पाएका छन ।

यस हिसावले हेर्दा ति क्षेत्रमा एकीकृत समाजवादी र माओवादीको भोट कांग्रेसमा ट्रान्सफर भएको देखिन्छ । यस्तै थारु समुदायको बाहुल्यता रहेको क्षेत्रमा पनि लेखराज भट्टको मत काटिदा उनी पछाडी परेको देखिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.