बैतडीमा डढेलोमा परी २ महिला घाइते

बैतडी – बैतडीमा जंगलमा लागेको डढेलोमा परेर २ महिला घाइते भएका छन । दशरथचन्द नगरपालिका – १ धेउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल घाइते भएका हुन् ।

Karma Consultancy
belauri nagarpalika

घरनजिकैको स्थानीय जंगलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परी दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

citizen security services

घाइते दुवैलाई स्थानीयहरुले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी खेमबिक्रम केसीले बताए । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.