अत्तरियामा श्रृङ्खलावद्ध चोरी हुँदै, प्रहरी लाचार

अत्तरिया – कैलालीको अत्तरिया बजार क्षेत्रमा एउटै प्रकृतिका चोरीका घटना बढ्दै गएका छन । चोरले प्रहरी कार्यालय नजिकै रहेका पसलहरुबाट एक पछि अर्को गर्दै चोरी गर्न थालेको हो । सोमबार राती मात्रै इलाका प्रहरी कार्यालय मालाखेती देखि करिब २ सय मिटरको दुरीमा रहेको लहना मोवाइल ग्यालरीमा चोरी भएको छ । चोरले छानोबाट मोबाइल पसलमा छिरेर १२ लाख बढीका मोबाइल र नगद चोरेर लगेको छ ।

maya metro hospital

अत्तरियामा चोरी भएको यो पछिल्लो घटना मात्रै हो । यसअघि चोरले कार्तिक ११ गते मोबाइल ग्यालरी नजिकै रहेको न्यू बिष्णु इन्टरप्राइजेजमा पनि चोरी गरेको थियो । जुन घटनामा चोरले ७ लाख ६६ हजार नगद लगेर गएको उक्त इन्टरप्राइजेजका संचालक केशव दत्त भट्टले बताए । उनले झ्यालको सानो प्वालबाट चोर भित्र छिरेर दराजमा राखेको पैसा चोरेर लगेको बताए ।

joshi vada pasal 2

अत्तरियामै रहेको नमूना मोबाइल ग्यालरीमा लगातार ४ पटक चोरी भइसकेको छ । उक्त चोरीको घटनामा पनि चोर छानोबाट नै भित्र छिरेको पाइएको थियो । जसमा करिब ८ लाख बढीको चोरी भइसकेको छ । उक्त पसलमा पछिल्लो पटक असोज २८ गते चोरी भएको थियो ।

सो पसलमा पहिलो पटक चोरी हुँदा चोर पक्राउ परेका भएपनि त्यसपछि भएका चोरीका घटनाका बारेमा भने कुनै पत्तो लागेको छैन ।
पसलका संचालक श्याम विश्वकर्माले दोस्रो पटक चोरीमा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेका भएपनि तिनीहरुलाई अदालतले धरौटिमा छोडेको बताए । तिनै व्यक्ति पछिल्लो पटक भइरहेका चोरीका घटनामा संलग्न भएको आशंका गरिएको भएपनि प्रहरीले त्यसको ठोस प्रमाण भेटाउन सकेको छैन ।

स्मार्ट चोर

indreni vansa ghar

सोमबार लहना मोबाइल ग्यालरीमा भएको चोरीको घटना देखेर पसलका संचालक टिकाराम अधिकारी दंग परेका छन । टिनको छानाबाट सानो प्वाल बनाएर भित्र छिरेको चोरले पसलमा जडान गरेका ४ वटा सिसिटिभी क्यामेरालाई छलेर चोरी गरेको छ ।

पुरै अनुहार ढाकेर भित्र छिरेको चोरले पहिले एक पछि अर्को गर्दै चार वटै क्यामेरा फुटाएको छ । त्यसपछि मात्रै उसले सामान लगेर गएको संचालक अधिकारीले बताए । ‘यो चोरलाई कहाँ–कहाँ क्यामेरा रहेछन भन्ने पनि थाहा रहेछ’ उनले भने ‘चोरीको खतरा हुन्छ भनेर ४ वटा क्यामेरा लगाए । त्यसलाई पनि छलेर चोरी भयो ।’ चोरले क्यामेरा एक पछि अर्को फुटाएको भएपनि फुटाउनु अघिको भिडियो भने रेकर्ड भएको छ । श्रृङ्खलावद्ध चोरीका घटना हुँदा समेत प्रहरीले भने पछिल्लो पटक भएका चोरीका घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन् ।

बिष्णु इन्टरप्राइजेजका संचालक भट्टले प्रहरीले अनुसन्धानमा गम्भिर लापरवाही गरेको बताए । ‘प्रहरीले चोर पक्राउ गर्नको लागि वास्ता नै गरेको जस्तो लागेन’ उनले भने ‘लगातार भइरहेका चोरीको घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गर्न प्रहरी घरमा गएको थियो । तर, ति व्यक्तीले पक्राउ पर्नुअघि नै आत्महत्या गरिदिए । त्यसपछि प्रहरीले के गर्दैछ थाहा छैन् ।’ उनले आफ्नो पसलबाट चोरी भएको पैसा फिर्ता हुने आशा मारिसकेको बताए ।

नमूना मोबाइल ग्यालरीका संचालक विश्वकर्माले पनि आफूले प्रहरीलाई नियमित रुपमा फोन गरेर जानकारी लिने गरेको भएपनि प्रहरीले अनुसन्धान गर्दैछौ भन्ने जवाफ दिने  गरेको बताए । उनले पछिल्लो पटक चोरी भएका मोबाइलका ईएमआई नम्बर, रिजार्ज कार्डका नम्बर पनि प्रहरीलाई दिएको भएपनि प्रहरीले अहिले सम्म कुनै पत्तो लगाउन नसकेको बताए ।

लहना मोबाइल ग्यालरीका संचालकले पनि आफूले पनि प्रहरीमा चोरी भएका सामानको विवरण सहित निवेदन दिएको बताए । उता प्रहरीले भने चोरीका घटनाको बारेमा अनुसन्धान भइरहेको बताउने गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) रविन्द्र राज उप्रेतीले चोरको खोजी कार्य जारी रहेको बताए । अत्तरियामा एक पछि अर्को श्रृङ्खलावद्ध चोरीका घटना हुन थालेपछि यस क्षेत्रका व्यवसायी भने त्रसित भएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.