खाेज्नुहाेस

धनगढीमा जारी प्रधानमन्त्री महिला कपको दोस्रो खेलमा लुम्बिनी विजयी

Image

धनगढी – कैलालीको धनगढीमा जारी प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी विजयी भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरु भएको खेलमा बागमति प्रदेशलाई पराजित गर्दै लुम्बिनी विजयी बनेको हो ।

navjiwan hospital

टस जितेर पहिले व्याटिङ गर्दै बागमति प्रदेशले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन बनायो । बागमतिका लागि हेलिशा गुरुगले २८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् ।

attariya hospital

लुम्बिनीका लागि मधु डिसीले ३ विकेट र सुस्मिता भुषालले २ विकेट लिईन् । नेरी थापा र सरस्वती जिएमले एक एक विकेट लिईन् ।
लुम्बिनी प्रदेशले १२ दशमलव ५ ओभरमा ३ विकेट क्षतिमा विजय लक्ष्य हासिल गरेको छ ।

लुम्बिनीलाई जिताउन कप्तान सरस्वति जिएमले सर्वाधिक २९ रन बनाईन् । नितु भण्डारीले १४ रन बनाउँदा टीमले १४ रन नै अतिरिक्त पायो । बागमतिका लागि अस्मिना कर्माचार्य, आरती विडारी र खुशी डंगालले एक एक विकेट लिईन् ।