खाेज्नुहाेस

कैलाली र अछामबाट १५ जुवाडे पक्राउ

Image

अत्तरिया – प्रहरीले कैलाली र अछामबाट एकै दिन १७ जुवाडे पक्राउ गरेको छ । आइतबार धनगढी उपमहानगरपालिका – ६ मटियारीबाट ४५ वर्षीय हरी दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्था उनी सहित ७ जना पक्राउ परेका छन् ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ५ रुपैयाँ सहित पक्राउ गरेको थियो ।

attariya hospital

यस्तै आइतबार नै अछामको मंगलसेन नगरपालिका – ५ मंगलसेन बजारमा रहेको नृप बहादुर विष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा उनी सहित ८ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ६९ हजार ५२५ र एक गड्डी तास बरामद गरेको थियो ।