खाेज्नुहाेस

मौसमबारे पूर्वसूचना पाउँदा किसानलाई अन्नबाली भित्र्याउन सहज

Image

कञ्चनपुर– मौसम पुर्वानुमानको सूचना पाईन थालेपछि किसानहरुलाई अन्न बाली भित्र्याउन सहज भएको छ । मौसमको अवस्था कस्तो हुन्छ भन्ने विषयमा अग्रिम जानकारी पाईन थालेपछि किसानहरुले सहज रुपमा अन्न बाली भित्र्याउन थालेका हुन् ।

navjiwan hospital

धान काट्ने समयमा आकाश नियाल्ने किसानहरु अहिले मौसम पुर्वानुमानको सूचनालाई आधार मानेर बाली भित्र्याउने कार्य गर्न थालेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती टोलका निलम कार्कीले मौसमको पुर्वानुमान बारेको म्यासेज मोबाईलमै आउन थालेपछि अन्नबाली भित्र्याउनका लागि सहज भएको बताईन । त्यसबाहेक मौसमको पुर्वानुमानका बारेमा फोन गरेर जानकारी लिएर भएपनि आफूले अन्नबाली भित्र्याउने काम गर्ने गरेको उनले बताईन ।

attariya hospital

‘पहिला धान काट्न आकाशको बादल हेरेर निर्णय गर्नुपथ्र्यो अहिले मौसमको पूर्वसूचनाले सहज भएको छ,’ उनले भनिन् ‘११५५ मा फोन गरेर जानकारी लिएपछि धान काट्ने समय तय हुन्छ ।’ पाँच कट्ठा जग्गामा धानखेती गरेकी उनले हाल जल तथा मौसम विज्ञान विभागबाट जानकारी लिएर मात्रै खेतीपातीको निर्णय गर्ने गरेको जानकारी दिईन । खेती भित्र्याउन मात्रै होइन नदीमा बाढी आएपछि साइरन बज्ने र मोबाइलमा म्यासेज आउने गरेको उनको भनाइ छ ।
मौसम पूवार्नुमानको सूचनाले कृष्णपुरकै निर्मला बडूलाई पनि खेतमा काम गर्न सहज भएको छ । उनले विभागले दिने पूर्वजानकारीले हाल खेतीपातीको काम गर्न धेरै सहज भएको बताइन् । उनले चार कट्ठा जमिनमा धानखेती गरेकी छन् ।

मौसम पूर्वानुमानको सूचनाले अन्नबालीमा हुने क्षति कम भएको किसानहरुको भनाई छ । विभागबाट आउने सूचना भरपर्दो भएपछि किसानका लागि वरदान साबित भएको छ । जिल्लाको कुल १ लाख ६१ हजार ६२४ हेक्टर क्षेत्रफलमध्ये ५६ हजार ३६३ हेक्टर खेतीयोग्य रहेको छ । जसमध्ये ४८ हजार ४९६ हेक्टरमा धानखेती हुने गरेको छ । यस्तै, ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।