पुरन सिंह दयाल


हे युग पुरुष, हे महामानव, नेपाली आतमा
हृदय सुमन समर्पित गर्छौ, हजुरको गातमा ।
नेपाली वाणी, नेपाली ध्वनि नेपाली पनमा

यत्र त्यत्र छ¥यौ तिमीले, नेपाल भरिमा,
हो मुलुक भरिमा ।।
नेपाल दर्शन पाउँदछौ तिमी, हिमाल हाँसेमा
रमाउँछौ तिमी हे महाकवि, वन पाखाभरिमा ।
मधेस भोट पर्वत तिमी, सँगाली हिँडेका
डाँफे र मुनाल मयूर सँग, साथी भै नाचेका,
प्रकृति सँग नै बाँचेका ।
व्यथामा अरूको व्यथित तिमी, सुखमा सन्तोषी
प्रकृति प्रदत्त उपहार माथि, पाउँदछ्यौ सन्तुष्टि
लघुत्मलाई महत्त्व देख्यौ, अपूर्णलाई पूर्ण
कविता रुपी पारसले छोई भिखारी भो ईशपूर्ण

हो अधुरो भो सम्पूर्ण ।
निमुखाहरूका, मुख भयै, तिमी, ढुङ्गामा बिउ रोप्यौ
शिलाजित बनी चुहियौ तिमी, शैलहरु जब खोप्यौ ।
सम्पूर्ण वेद, कुरानसरीफ बाइबलका व्याख्याता,
राम–रहिम, ईशा माक्सका, तिमी एउटै फरिस्ता ।
तिमी एउटै युगद्रष्ट ।
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन
भनेर तिमीले शाश्वत कुरा, धर्तीमा छरेथ्यौ ।
मानव मात्रको सेवा तिमीले, धरम मानेथ्यौ ।
हे लक्ष्मी तिमीले कर्तव्य ठानेथ्यौ ।
तिमी हौ हाम्रा पन्त प्रसाद–प्रसाद–निराला एउटै नै
सेक्सपियर–वोर्डस्वर्थ, तिमी थ्यौ दुइटै नै ।
यो सृष्टिक्रम चलनञ्जेल सम्म तिमी अमर रहने
हृदयहीन मानवका तिमी दिशा बोध बन्ने छौ
हो कवि, प्रेणता बन्ने छौ ।
कवि दयाल संविधान सभा सदस्य हुन । वहाँले यो कविता २०४६ असोज २३ गते रचना गरेका थिए ।