प्रेम,सम्मान ,शिक्षा र,नाता गोता पनि सबै।
हुन्छन् कमाईका लक्ष्य,सम्पत्ति मात्र हैन है ।


सिँगारी मात्र के गर्नु, घर आँगन बैठक।
न आए पाहुना कोही,यो सबै हो निरर्थक।

सभ्य संस्कारले मात्रै, सभ्य नै पीढी बन्दछ।
कंशको घरमा कंश, पाण्डुकोमा युधिष्ठिर ।
अर्ति मात्रै दिई हुन्न, आफै सुध्रिनु पर्दछ।
स्वच्छ पानी भए मात्रै, वस्त्र सुग्घर बन्दछ ।
सत्ताको लोभले मान्छे, आफै बिग्रिन सक्तछ।
सत्ताको मात लागेमा, जे पनि हुन सक्तछ।

आफ्नो औकात बिर्सेर जो कोही उड्न खोज्दछ।
नराम्रो सित उस्ले नै, धर्तीमा धस्नु पर्दछ ।
एकै जस्तो कहॅा हुन्छ, सधैँ समयको गति।
पुण्यक्षीण भए डुब्छन्, अन्ध सागरमा कति।
खेलौना हौँ सबै हामी, खेल्ने शक्ति छ अन्त नै।
कहॅा स्वच्छन्द भै हामी,बस्न सक्छौँ यहॅा कुनै।
व्यर्थको दम्भ हो गर्नु, व्यर्थ कै खींचतान हो।
जत्ति पाए यहॅा बाट, साथमा लान सक्छ को?
हत्या हिंसा गरी हिँड्नु, कहॅाको बुद्धिमानी हो?मातृभूमि हराएर, आफूले जित्नु व्यर्थ हो।
डा. टेकराज पन्त
अस्टिन, अमेरिका