खाेज्नुहाेस

कैलाली उद्योग वाणिज्य संघ निर्वाचनमा १ हजार ९४० जनाले गरे मतदान

Image

धनगढी – कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार २ हजार ३३५ मतदाता रहेकोमा १ हजार ९४० मत खसेको छ । राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी छ ।

नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदमा गरी ५० जनाको उम्मेदवारी छ ।
अहिलेका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँर प्यालनसहित चुनावी मैदानमा छन् ।

add everest academy
attariya hospital
navjiwan hospital

ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमारी बिष्टले उम्मेदवार छन् । उक्त प्यानलबाट १३ जनाले सदस्यमा उम्मेदवारी छ ।

यस्तै स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार छन् । उक्त समूहबाट पनि १३ जना सदस्यमा उम्मेदवार छन् ।

निर्वाचनमा तीन पदाधिकारी र तीन सदस्य गरि छ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिव पदमा कोपिला कुँवर स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।

attariya technical collage