काठमाण्डौं – एसइईमा दुई विषयमा नन ग्रेडिङ (एनजी) आएका विद्यार्थीहरूले एक महिनापछि पूरक परीक्षा दिन पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ती विद्यार्थीका लागि एक महिनापछि पूरक परीक्षा हुने जानकारी दिए । बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ ।


तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए ।
त्यस्तै, २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।
सम्बन्धीत समाचार : एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण
