खाेज्नुहाेस

दश वर्षे गुरुयोजना निर्माण गर्दै छौ : सञ्चारमन्त्री शर्मा

Image

धनगढी – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको बताइन् । प्रेस सेन्टर कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताइन् । मन्त्री शर्माले त्यसका लागि सरकारी कार्यदल बनाएर दश वर्षे गुरुयोजना निर्माण गरिने बताइन ।

navjiwan hospital

उनले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको र सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिए अर्बौँ राजस्व भित्र्याउन सकिने बताइन् । मन्त्री शर्माले मिडिया काउन्सिल ऐन संसदमा रहेको र सामाजिक सञ्जालसम्बन्धी विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको तथा दूरसञ्चार ऐनको ड्राफ्ट तयार भएको जानकारी दिइन् । आमसञ्चार सम्बन्धी सबै विधेयक, कानुन पारित भएमा पत्रकारिता क्षेत्रमा पुनर्संरचना हुने विश्वास व्यक्त गरिन ।

add everest academy
attariya hospital

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताइन् । जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरी सरकारले राम्रा काम गरिरहेको र त्यसले जनतालाई आशावादी बनाएको उनको भनाई छ ।