खाेज्नुहाेस

बजारका ठेलाछाप्रा हटाउदै गोदावरी नगरपालिका

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारक्षेत्र वरपर राखिएका ठेलाछाप्राहरु हटाउन थालेको छ । बिहिबारबाट नगरपालिकाले बजारक्षेत्र र फुटपाटमा राखिएका ठेलाछाप्रा उठाएर लैजान थालेको हो ।

यसअघि विभिन्न मितिमा सुचना जारी गर्दै नगरपालिकाले बजारक्षेत्रमा दिउँसोका समयमा ठेलाछाप्रा नराख्न निर्देशन दिएको थियो । तर उक्त सुचनाहरुको अटेरी गरी अझै पनि बजारक्षेत्र र फुटपाटमा ठेला राखेका व्यवसायीहरुका ठेलाछाप्रा हटाउन थालेको नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले जानकारी दिए ।

add everest academy
attariya hospital

उनले ठेला छाप्रा उठाउनु अघि नगरप्रहरीहरुले व्यवसायीहरुलाई आग्रह गरेको भएपनि त्यो आग्रहको समेत व्यवसायीहरुले अटेरी गर्दा उक्त कदम उठाउनुपरेको बताए । ‘हिजो (बुधबार) मात्रै नगरप्रहरीहरुले प्रत्येक पसलहरुमा गएर फुटपातमा ठेलाछाप्रा नराख्न र राखेको खण्डमा कारबाही हुने विषयमा जानकारी गराईसकेका थिए’ उनले भने ‘तर अझै पनि फुटपातमा ठेला छाप्रा राख्ने व्यवसायीहरुको नगरपालिकाले आज (बिहिबार) देखी ठेलाछाप्रा नै उठाउन थालेको हो ।’

navjiwan hospital

उनले पटक पटक जानकारी गराउदा पनि नमानेको अवस्थामा बाध्य भएर नगरपालिकाले उक्त कदम उठाउनुपरेको बताए । ‘नगरपालिकाले नियमकानुन बनाईसकेको छ, उक्त नियमकानुनमा टेकेर आफ्नो कामकारबाही अगाडी बढाउनुस भनेर भनेको अवस्था छ’ उनले भने ‘तर उहाँहरुले नियम नै मिचेर यस्ता कार्यहरु गर्दा बजारको सुन्दरता बढाउन नगरपालिकाले केही कदम त उठाउनु नै पर्छ ।’

उनले ठेला व्यवसायीहरुलाई नगरपालिकाले व्यवस्थीत गर्न नसकेपनि बजारबाट हटाएर बसपार्कमा राखेर व्यवस्थापन गर्न खोजेको बताए । ‘उपयुक्त स्थान अभावका कारण हामीले ठेला व्यवसायीहरुलाई व्यवस्थीत गर्न सकेका छैनौ, यदी व्यवस्थीत गरेको भए त उहाँहरुलाई करको दायरामा पनि ल्याउथ्यौ र नगरको आम्दानी पनि वृद्धि हुन्थ्यो’ उनले भने ‘तत्काल त्यसो गर्न नसकेको अवस्थामा पनि उहाँहरुलाई बसपार्कमा लगेर निश्चित समय तोकेर नियमन गर्न खोजेको अवस्था हो ।’

attariya technical collage

उनले विपन्न समुदायहरुलाई आयआर्जनका लागि नै नगरले बसपार्कमा स्थान दिएको बताए । बजारलाई स्वच्छ र सुन्दर बनाउने कुरामा सबैले लाग्नुपर्ने उनको भनाई छ । ‘बजार नगरपालिकाको मात्रै हैन, तपाई हाम्रो सबैको हो, यसलाई सुन्दर बनाउने जिम्मेवारी त सबैको हो नी’ उनले भने ‘अधिकांश विकसीत देशहरुमा सरसफाई गरेको कारणले सफा भएका हैनन् की फोहोर नगरेका कारणले सफा भएका हुन, त्यो अवधारणा त हामीले पनि लागु गर्न सक्छौ ।’

त्यसका लागि नगरपालिकाले काम गरिरहेको उनले बताए । उनले डस्टविन विहिन सहर बनाउने अभिप्रायका साथ आफुले काम गर्न खोजिरहेको बताए । यहाँका व्यवसायी, उद्योग वाणिज्य संघ, अग्रज समुदाय तथा जनप्रतिनिधि मिलेर बजार सफा राख्ने काम गरौँ भन्नु भन्दा पनि टिकाटिप्पणी गर्ने काम मात्रै यहाँ हुने गरेको उनको भनाई छ । उनले नगरपालिकाले उठाएर लगेका ठेलाछाप्राहरु कानुनमा टेकेर निश्चित कारबाहीपश्चात मात्रै फिर्ता दिईने बताए ।