धनगढीमा पुनः गर्मी बिदा

धनगढी – कैलालीको धनगढीमा पुनः तीन दिन गर्मी बिदा दिइएको छ । असार ५ गते देखि ७ गतेसम्म धनगढीमा विद्यालयमा बिदा दिइएको हो । अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका र विद्यार्थीमा पर्न गएको असुविधालाई मध्यनजर गरेर तीन दिन गर्मी बिदा दिने दिने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

maya metro hospital

उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै हाल अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा अध्यन÷अध्यापन नगराई बिदाको व्यवस्था मिलाउन भनेको छ ।

उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै यसअघि जेठ १८ देखि २४ सम्म विद्यालयमा बिदा दिएको थियो ।

attariya hospital

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.