खाेज्नुहाेस

अत्तरियामा सडकको कालोपत्रे उप्काएर ठेकेदार बेपत्ता

Image
अत्तरिया – कैलालीको अत्तरियामा कालोपत्रे सडकको कालोपत्रे उप्काएर ठेकेदार बेपत्ता भएका छन् । अत्तरियाको आदर्श गल्लीमा यसअघि केही ठाउँमा मात्रै कालोपत्रे फुटेको सडकलाई पुनः कालोपत्रे गर्ने भन्दै पहिले भएको कालोपत्रे उप्काएर ठेकेदार बेपत्ता भएका हुन । गोदावरी नगरपालिकाले उक्त सडकलाई कालोपत्रे गर्ने भन्दै कुमार शिशिर कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले एक महिना अघि नै सडकमा जेसिवी लगाएर पुरै सडकको कालोपत्रे उप्काएर बेपत्ता भएपछि अहिले स्थानीयले सास्ती खेप्नु परेको छ ।
add everest academy
attariya hospital
स्थानीय व्यवसायी लोक राज पन्तले सडकको कालोपत्रे उप्काएपछि पसल भित्र धुलो आउने गरेको बताए । ‘बरु पहिलेको सडक नै ठिक थियो । भएको कालोपत्रे पनि उप्काएर सडक धुलाम्मे भएको छ’ उनले भने ‘सडकलाई तत्काल कालोपत्रे गरिनुपर्छ ।’ करिब २२५ मिटर लम्बाई रहेको उक्त सडकको कालोपत्रे स उप्काएर अहिले सडकमा आवतजावत गर्न पनि समस्या हुने गरेको छ । कालोपत्रे उप्काएपछि अहिले सडकमा जताततै खाल्डा परेका छन् भने सडकमा छरिएका ढुङ्गाका कारण दुर्घटनाको जोखिम पनि बढेको छ ।
attariya technical collage
गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षमा आदर्श गल्लीको सडक सहित नगरभित्रका ३६ वटा सडक कालोपत्रे गर्नको लागि एकमुष्ट ठेक्का आह्वान गरेको थियो । ३६ वटा सडकलाई ५ प्याकेजमा छुट्टाएर टेन्डर आह्वान गर्दा ३ वटा निर्माण कम्पनीले सडक कालोपत्रेको जिम्मा पाएका थिए ।
navjiwan hospital
जनअन्तर पहिलो प्याकेजका वडा नम्बर १ का १३ सडक, दोस्रो प्याकेजका वडा नम्बर २, ३ र ४ का ७ वटा सडक र चौथो प्याकेजका वडा नम्बर १०, ११ र १२ का ५ सडक निर्माणको जिम्मा कुमार शिशिर कन्स्ट्रक्सनले पाएको थियो ।
नगरपालिकाका इन्जिनियर जनक खड्काले भने उक्त निर्माण कम्पनीले हाल चौथो प्याकेज अन्तरगत वडा नम्बर १०, ११ र १२ का सडक निर्माणको काम गरिरहेको बताए । उनले सबै सडक कालोपत्रे गर्ने म्याद असार मसान्त सम्म भए पनि तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना कम रहेको बताए ।
पहिलो, दोस्रो र चौथो प्याकेज अन्तरगत रहेका २५ वटा सडकको कुल लम्बाई ५.१५७ किलोमिटर रहेको छ । उक्त सडक निर्माणका लागि कुमार शिशिर कन्स्ट्रक्सन ३ करोड २० लाख १० हजार ३४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तेस्रो प्याकेज अन्तरगतका वडा नम्बर वडा नम्बर ६, ७, ८ र ९ का ७ वटा सडक कालोपत्रेको लागि नगरपालिकाले सोनी कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको छ । कुल १.५६ किलोमिटर लम्बाइ रहेका उक्त सडकको निर्माणका लागि ६१ लाख ६३ हजार ७१५ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
त्यस्तै पाँचौ प्याकेज अन्तरगत वडा नम्बर ५ का ४ सडक कालोपत्रेको लागि नगरपालिकाले एनके निर्माण सेवा सँग ५७ लाख २१ हजार ६८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । सबै सडकको निर्माण गर्न असार मसान्त सम्मको म्याद तोकिएको भए पनि काम सुस्त गतिमा अगाडि बढिरहेको छ ।