अत्तरिया- कञ्चनपुरको शुक्लाफाँटाका विद्यालय सञ्चालनको समय परिवर्तन गर्न भनिएको छ । नगरपालिकाले सोमबार सूचना जारी गर्दै बिहान ७ बजेबाट १०:३० बजेसम्म विद्यालय सञ्चालन गर्न भनेको हो ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र विद्यालय सञ्चालनमा समेत कठिनाइ हुनसक्ने भन्दै नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु आज २९ गतेबाट ३२ गतेसम्म सो समयमा सञ्चालान गर्न सूचनामार्फत भनिएको छ ।
