धनगढीको एसपिएले ‘एसपीए एक्सपो’ आयोजना गर्ने

धनगढी – धनगढीको एसपिए कलेजले २ दिने ‘एसपीए एक्सपो’ आयोजना गर्ने भएको छ । कलेजले एसइई दिएर बसेका विद्यार्थीहरू लागि ‘लर्न टुडे, लिड टुमारो’ नाराका साथ दुई दिने प्रर्दशनी आयोजना गर्न लागेको हो ।

maya metro hospital

उक्त प्रदर्शनी यही जेठ ३१ र ३२ गते आयोजना गर्ने विद्यालयले जनाएको छ । कलेजका माध्यमिक तह कार्यक्रम संयोजक उषा शाहुका अनुसार एसपीए एक्सपोमा विद्यार्थीहरूले आफूसँग भएको कुनै पनि कला, प्रतिभा, क्षमता, विज्ञान, सूचना–प्रविधिमा आधारित कौशल समेत प्रदर्शन गर्न सक्नेछन् । कलेज परिसरमा बिहान ७ः३० बजेबाट सुरु हुने एक्सपोमा सहभागी हुन विद्यार्थिहरुका लागि अनलाइन दर्ता समेत खुला गरेको शाहुले जानकारी दिइन् ।

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, कानुन, मानविकी लगायत संकायहरूको अध्ययन अध्यापन हुँदै आएको कलेजमा यही शैक्षिक सत्रदेखि भौतिक तथा एआई शिक्षकद्वारा पठन–पाठन गरिने एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय (गौतम) ले जानकारी दिए ।

attariya hospital

यसका साथै कलेजले कक्षा ११ र १२ पढ्न चाहने विद्यार्थीहरू का लागि सुदूरपश्चिमका ९ र कर्णाली प्रदेशका १० जिल्लाका दुई/दुई जना र देशभरका अन्य जिल्लाबाट २ जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिमा माध्यमिक शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने गरी राष्ट्रिय तथा प्रदेश स्तरीय विशेष छात्रवृत्ति २०८१/८२ को व्यवस्था गरेको छ ।

छात्रवृत्तिका लागि फाराम भर्ने अन्तिम मिति यही महिनाको ३० गते बेलुका ५ बजेसम्म तोकिएको छ । शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्ने प्रक्रियाका लागि कलेजको वेभसाइट तथा पेजमा गई जुनसुकै ठाउँबाट र कलेजमा आई फाराम भरेर पनि आवेदन दिन सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.