बाजुरामा हावाहुरीले विद्यालयको छाना उडायो

बाजुरा – बाजुरामा शुक्रबार चलेको हावाहुरीले विद्यालयको छाना उडाएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका – १ को काँडा भवनी माध्यमिक र बुढिगंगा – २ को बजेडी आवि को छाना हावाहुरीले उडाएको हो ।

maya metro hospital

हावाहुरीले छाना उडाउदा पठनपाठन प्रभावित भएको छ । काँडा भवानी माविका शिक्षक हीरालाल रेग्मीले हावाहुरीले विद्यालयको छाना उडाउदा विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या थपिएको बताए । उनले कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयको एउटा मात्रै पक्कि भवन रहेको र बाकीँ सबै कच्ची भवनहरु रहेको बताए ।

उनले ती भवनको पनि हावाहुरीले छाना उडाएपछि विद्यार्थीको पढाइ प्रभावित भएको बताए । केही महिना अघि हावाहुरीले हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा र त्रिवेणी नगरपालिकालगायतका दर्जनौँभन्दा बढी विद्यालय र घरको छानामा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.